२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

ट्रम्पले चुनावी सभामै गरे श्रीमतीलाई ‘किस’

काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार लगभग अन्तिम चरणमा पुगेको छ। यसै क्रममा पूर्वराष्ट्रपतिसमेत रहेका रिपब्लिकिन उम्मेदवार डोनाल्ड ट्रम्पले न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेन र्‍यालीलाई सम्बोधन गरेका छन्।

चाखलाग्दो कुरा के छ भने उनी आफ्नी श्रीमती मेलानियासँग चुनावी मञ्चमा नाच्दै देखिए। यति मात्र होइन, ट्रम्प र मेलानियाले एकअर्कालाई अँगालो हालेर चुम्बनसमेत गरे। त्यसपछि पछाडिबाट संगीत बज्न थाल्यो, जुन सुनेर ट्रम्प नाच्न थाले। र्‍यालीमा उपस्थित रिपब्लिकन समर्थकहरू पनि पूर्वराष्ट्रपतिको जयजयकार गर्दै नाचिरहेका थिए।

न्युयोर्क सहरमा आयोजित ट्रम्पको चुनावी र्‍यालीमा धेरै विशेष अतिथि पनि आएका थिए। जसमा आरएफके जुनियर, तुलसी गबार्ड, एलोन मस्क, टकर कार्लसन र हल्क होगन पनि थिए। उनीहरूलाई हेर्न न्युयोर्कका सडकमा हजारौँ फ्यान उभिएका थिए।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति चुन्ने चुनाव हुँदै छ। जसमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्र्याटिकबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धा गर्दै छन्। एजेन्सी

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस