२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

धार्के-सीतापाइला सडक भोलिदेखि १५ दिन बन्द !

२२ कार्तिक , काठमाडौँ । काठमाडौंको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने जनाएको हो ।

यस अनुसार कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिनेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस