२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोड बढी

२६ कार्तिक, काठमाडौँ । गत आर्थिक वर्ष २०८०र८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोड बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’ अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०र८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम २१ अर्ब ५१ करोड ९६ लाख छ ।

जसमा नियमित गर्नुपर्ने बेरुजु एक अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु एक अर्ब ९२ करोड ९६ लाख र पेश्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रहेको जनाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सरकारको गत आर्थिक वर्षको सङ्घीय सञ्चित कोष, वैदेशिक अनुदान र ऋण सहायता, लगानी एवम् नेपाल सरकारका बजेटरी तथा गैर बजेटरी निकायको विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषहरूको कारोबारलगायतका विषयहरु समेटेर केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार पारी महालेखापरीक्षकको कार्यालयलाई बुझाइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस