२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जसपा नेपाल कोल्याप्स, राप्रपा र नेपाली कांग्रेसमा पहिरो

इटहरी / सुनसरी। जसपा नेपाल दुहबी नगर कमिटी पूर्ण रुपमा कोल्याप्स यानिकी बिलय भएको छ। आज दुहबीमा आयोजित एक कार्यक्रममा दुहबी नगर कमिटीका अध्यक्ष हकिम मियाको नेतृत्वमा दीपक ढकाल, सन्तोष बराल लगायत ३०० जना अगुवा कार्यकर्ता नेकपा एमाले प्रवेस गरेपछी दुहबी नगरपालिका जसपा कमिटि बिहिन भएको छ।

दुहबी नगरपालिकाका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी ५५० जना बढी नेता, कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । दुहबी वडा नं ४ बाट जसपा दुहबी नगर कमिटीका अध्यक्ष हकिम मियाको नेतृत्वमा दीपक ढकाल, सन्तोष बराल लगायत ३०० जना, त्यसै गरी दुहबी वडा नं ६ का पूर्व वडा अध्यक्ष, राप्रपा नेपालका सुनसरी निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय उप-सभापति मुन्ना हलुवाईको नेतृत्वमा २४० जना, दुहबी वडा नं ६ का नेपाली काँग्रेसका अगुवा कार्यकर्ता सोगारत ठाकुर सहित १५ जना अगुवा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटी कार्यवाहक अध्यक्ष, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यहरूको उपस्थितिमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र न ३ को माननीय भगबती चौधरीले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो। नवप्रवेसी साथीहरुलाई पार्टी प्रवेस गराउनु हुँदै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नाम ३ को माननीय भगबती चौधरीले भन्नु भयो :- नवप्रवेसी साथीहरुलाई पार्टीमा हार्दिक स्वागत गर्दछु साथै यहाँहरुको योग्यता, क्षमताको आधारमा पार्टीले उचित जिम्मेवारी दिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।

कार्यक्रमा बोल्दै नेकपा एमाले सुनारी जिल्ला कमिटिका क.बा. अध्यक्ष परसुराम यादव नवप्रवेसी साथीहरुलाई पार्टीमा स्वागत गर्दै भेदभाव नगरी उचित जिम्मेवारी दिने जानकारी दिनुभयो । त्यसै गरि नेकपा एमाले कोशी प्रदेस कमिटि सदस्य तथा बर्जु इन्चार्ज प्रदिप चौधरीले नेपाली कांग्रेसको संगठन रित्तो पारेर सबै सदस्यहरुलाई एमाले प्रवेस गराउने दाबी गर्नु भयो । स्मरणीय रहोस प्रदिप चौधरी लगायत हजारौं नेता तथा कार्यकर्ता गत जेठमा दुहबीमा आयोजित एक कार्यक्रम मा एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेस गरेका हुन् त्यसैले उनले कंग्रेसको संगठन रित्तो पारेर सबै कार्यकर्ता एमालेमा समाबेस गराउने बताएका हुन् ।

पछिल्लो समय नेपाली कांग्रेसका नेता बिजय गच्छेदारले एमाले नेत्री भगबती चौधरी संग चुनाब हारेपछि निरन्तर रुपमा कांग्रेस छाडेर एमाले प्रवेस गर्नेको लहरनै चलेको छ। करिब ३० बर्ष एकछत्र राज गरेका गच्छेदार ललितानिवास काण्डमा फसेको, विकास निर्माणमा केहि नगरेको खाली आँफु र आफ्नो परिवारको फाइदा मात्रै हेरेको भन्दै कांग्रेस कार्यकर्तामा बिचलन आएको एक नवाप्रवेसीले बताए । नेपाली कांग्रेसको नीति मन नपर्दा नपर्दै र कांग्रेसले गरेको भ्रस्टचारको बारे थाहा हुँदा हुँदै पनि बिरोद गर्दा आफ्नो सुरक्षा नहुने डरलेबाध्य भएर कांग्रेसमै बस्नु परेको तर अब भगबती चौधरीले गच्छेदारको बिरासत ढलेपछि हाम्रो बिकल्प तयार भएको ले खुलेर आफु पार्टी परित्याग गरेर एमाले पर्वेस गरेको नवाप्रवेसी हरु बताउँछन्।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस