२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

७ मंसिर, काठमाण्डौँ । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ सम्मेलन आइपिपीमा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदै छ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस