२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

एमालेको जागरण सभाका लागि प्रदर्शन सुरु भएसँगै ट्राफिक अस्तव्यस्त

काठमाडौं । नेकपा एमालेले जागरण सभाका लागि र्‍याली निकालेको छ।

भद्रकालीबाट सुरू भएको र्‍याली दरवारमार्गमा पुग्ने क्रममा छ। र्‍यालीमा सहभागीहरूले सरकारको पक्षमा विभिन्न नाराहरू लगाइरहेका छन्।

सभालाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। नेकपा एमालेले जागरण सभाका लागि र्‍याली निकालेको छ। भद्रकालीबाट सुरू भएको र्‍याली दरवारमार्गमा पुग्ने क्रममा छ। र्‍यालीमा सहभागीहरूले सरकारको पक्षमा विभिन्न नाराहरू लगाइरहेका छन्। सभालाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

एमालेको काठमाडौं,ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनमा आज काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।  एमाले माथि फैलाइएको भ्रम, सरकार र एमाले अध्यक्ष  ओलीलाई लगाइएका निराधार आरोप र लाञ्छना भोलिको कार्यक्रमले चिर्ने दावी गरे।

नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने,राष्ट्रिय सद्भाव कायम गर्ने र समाजलाई सही दिशातर्फ लैजानका लागि जागरण सभा गरिएको एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस