२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

दरबारमार्गमा फोहोर गरेको भन्दै बालेन नेतृत्वको काठमाडौं महानगरले एमालेलाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको छ । बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै एमालेलाई जरिवाना तोकिएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिएका छन् ।

महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ । एमालेले आज जागरण सभा गरेको थियो । जसमा हजारौंको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस