काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रम स्थगित गरेको छ ।
गणतन्त्र सेनानी कोषका अध्यक्ष सरल सहयात्रीले सम्मान कार्यक्रम स्थागित भएको जानकारी दिए ।
उनका अनुसार पार्टीको केन्द्रीय सदस्य, जनमुक्ति सेनाको पूर्वब्रिगेड कमिसार, संविधानसभा सदस्य तथा पूर्वभौतिक योजना राज्यमन्त्री पदमबहादुर राईको निधन भएकोले कार्यक्रम स्थागित गरिएको हो ।
पार्टीबाट गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै माओवादीले १५ जनालाई ‘गणतन्त्र सेनानी’बाट सम्मान गर्न लागेको थियो । सम्मानित हुनेहरुमा शहीद तथा बेपत्ता परिवार, घाइते/अपाङ्ग र तत्कालीन चार डेपुटी कमाण्डरहरु थिए ।
प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार

