२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पार्टीले जग्गा दानमा लिनु गलत भएको अभिव्यक्ति दिने सांसद एमालेबाट निलम्बित

१३ मंसिर, काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दानमा लिनु गलत भएको अभिव्यक्ति दिने लुम्बिनीका प्रदेश सांसद तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ । सामाजिक सञ्जाललगायतमा पार्टीविरोधी अभिव्यक्ति दिएको तथा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानि गरेको भन्दै चौधरीलाई एमाले बाँकेले निलम्बन गरेको हो ।

एमाले बाँकेले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको मूल्यमान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गरेकाले चौधरीलाई निलम्बन गरेको जनाएको छ । पार्टीविरोधी गतिविधिका विषयमा उनलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस