२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

रौतहटकोमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागि भएका थिए ।

माइलेज च्याम्पियनमा लोकेश कुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहेका थिए ।

यस माइलेज च्याम्पियनमा सहभागि चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरे । यस रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरूबीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित पनि गरेका थिए ।

पछिल्लो समय पेट्रोलिय पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताउनुभयो ।
नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार विहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उद्घाटन भएको थियो ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस