२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा बस दुर्घटना, ४ जना घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ ।

लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा अर्घाखाँची मालारानी ४ का ६३ वर्षीय शोभाखर खनाल तथा ७ का ३१ वर्षीय वसन्त घिमिरे,  मदाने ८ का ६४ वर्षीया सरिता घिमिरे र सन्धिखर्क ८ का ६६ वर्षीया सुनीतादेवी भुसाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।

घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना यात्रु सवार थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य यात्रुलाई अर्को सवारी साधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस