२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

आप्रवासी गीतकारहरुको प्रथम बार्षिक साधारण सभा अमेरिकामा हुँदै

काठमाडौं । ओहायो अमेरिका स् आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा अमेरिकामा हुने भएको छ ।

बृहत भेला आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा हुने कार्यक्रम सार्वजनिक भएको हो ।

अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था आप्रवासी नेपाली गीतकार संघ, अमेरिकाूले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा मनाउने भएको छ।  उक्त दिन ज्ञान र विद्याकी देबी सरस्वतीको उपासना गर्ने दिन सरस्वति पूजा परेकोले हरेक बर्ष संघको बार्षिक अधिवेशन सरस्वति पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ।

नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरुको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्य सम्बन्धि महत्वपूर्ण चर्चापरिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन गरिनुका साथै केहि नयाँ कृतिहरुको लोकार्पण पनि गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभएको छ।

संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीत कलाकर्मी सर्जकहरुबाट ठूलो संख्यामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील गहेको कुरा संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले हामीलाई जानकारी गराउनु भयो।

उक्त समारोह ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुने भएको छ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस