२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै उजुरी परेपछि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराध अधिकारीले जानकारी दिए ।

उक्त सहकारीको बचत हिनामिना प्रकरणमा यसअघि नै लामिछाने र उनका साझेदार छविलला जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस