२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विराटनगरलाई ९० रनले हराउँदै सुदूरपश्चिमको जीत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विशाल जित हात पारेको छ।

मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले हराएको हो।

१९३ रनको विजय लक्ष्य पाएको विराटनगरले ९२ रनमात्र बनाउनसक्यो।

ओपनर ब्याटर मार्टिन गुप्टेल डक आउट हुँदा कुनै पनि खेलाडीले क्रिजमा टिकेर रन बनाउन नसक्दा विराटनगर १६.१ ओभरमा ९२ रनमा अलाउट भयो।

यो विराटनगरको लगातार दोस्रो हार हो। विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस