२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नेपाललाई नौं अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१८ मंसिर, काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी गराएको हो । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । सीले अनुकूल समय मिलाएर आउने जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस