२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

चितवनमा रवि लामिछानेसँग आज पनि बयान लिइने

१९ मंसिर , काठमाण्डौँ । सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू बयान सुरू भएको थियो । मंगलबार बयान नसक्किएपछि बुधबार पनि उनीसँग बयान लिइन लागिएको हो ।

लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको थियो । सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो । कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस