२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपीएल: कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

एनपिएलमा काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि सुमित महर्जनले सर्वाधिक ४० रनको योगदान गरे । ३७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । गुमाइसकेको खेल अन्तिममा उनको विष्फोटक ब्याटिङले फर्कायो । उनको साथमा कप्तान करण केसीले १० बलमै २ चौका र २ छक्काको मदतमा २८ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनाएके थियो । कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए ।

त्यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।

बलिङतर्फ काठमाडौंका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस