२०८३ मङ्सिर २ गते मङ्गलवार | 2026 November 17th Tuesday

बंगालको खाडीमा फेरि बन्यो चक्रवात अकवान, अति भारी वर्षा हुने

नयाँदिल्ली । बंगालको खाडीमा बनेको चक्रवात अकवान मंगलबार साँझसम्म गम्भीर चक्रवातमा परिणत हुन सक्ने भारतीय मौसम विभागले जनाएको छ। यो चक्रवात नोभेम्बर १९ को राति आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किने देखिन्छ । मौसम विभागका अनुसार चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र अधिकतम गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ। आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुमा नोभेम्बर २१ सम्म अति भारी वर्षाको चेतावनी जारी गरिएको छ।

यसअघि आएका अर्नब र मुरासु चक्रवातपछि तीन सातामै आन्ध्र प्रदेशलाई प्रभावित पार्ने अकवान तेस्रो चक्रवात बन्नेछ। पछिल्ला दुई चक्रवातका कारण करिब ७ हजार करोड रुपैयाँ बराबरको बालीमा क्षति पुगेको जनाइएको छ। यसको सामान्य असर नेपालसम्म हुनेछ ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस