काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंसिर २४ गते बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए। उनका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओलीको मंसिर १७ देखि २० गतेसम्म भएको चीन भ्रमणका क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कमा भएको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार

