काठमाडौं । गत जेठयता श्रमिक लैजान बन्द गरेको मलेसियाले विशेष कोटामा नेपालबाट श्रमिक लैजाने भएको छ । मलेसियन सरकारले प्लान्टेसनसहितका केही क्षेत्रमा कोटा तोकेर श्रमिक लिने नीति बनाएपछि नेपालमा पनि कोटाका आधारित माग आउन थालेको हो ।
मलेसियास्थित दूतावासले यसैसाता मलेसियाबाट व्यवसायीले ल्याएको १ हजार ७८० श्रमिकको मागपत्र प्रमाणीकरण गरेको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । अब केही दिनपछि मागपत्रअनुसार म्यानपावर कम्पनीहरूले पूर्वश्रम स्वीकृति लिएर विज्ञापनहरू प्रकाशन गर्नेछन् ।
प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार

