२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

BRI is in Nepal's interest Prachanda

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताएका छन्। चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको बताए ।

उनले अहिले माओवादीको ध्यान सरकारतिर नभएको पनि प्रष्ट पारे। उनले भने, ‘जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ हाम्रो पार्टीको ध्यान छ। हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौँ।’

माओवादीको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको जिकिर गरे।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस