२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रवि लामिछाने पक्राउको विरोधमा पर्सामा रास्वपाको प्रदर्शन

२५ मंसिर, पर्सा । रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहदा उनका समर्थकहरुले मंगलबार पर्साको बीरजंगमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्‍याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस