२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

दुर्घटनामा फुटबल खेलाडी निशानको मृत्यु

काठमाडौं । स्कुटर दुर्घटनामा परेर कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ।

कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राति दुर्घटनामा मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए।

स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो।

गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। लामो समय एन्फा एकेडेमीमा कप्तान भएका उनले नेपालमा हुने ए डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस