२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

५ पौष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे भने राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस