२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

१४ पौष, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

#सुनचाँदी

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस