२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

१६ पौष, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री र मन्त्रालय अन्तर्गत राजस्व सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस