२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

एनपिएलः विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो ।

विराटनगरका लागि बसिर अहमदले शानदार ब्याटिङ गरे । ४४ बलको सामना गरेका उनले समान ४ छक्का र चौकाको मद्दतमा ६८ रन जोडे । नटआउट रहेका राजेश पुलामीले ३३ रन थपे ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस