२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

बारामा कारभित्र मृत भेटिएका युवक प्रहरी सहयोगी, गाडी अनुसन्धानका इन्स्पेक्टरको

जनकपुरधाम । बाराको सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र मृत भेटिएका युवक प्रहरी कार्यालयका सहयोगी रहेको खुलेको छ । बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले कारभित्र मृत भेटिएका युवक राजकुमार रुम्बा भएको बताए । उनका अनुसार जितपुरका रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए ।

रुम्बा बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत भेटिएका हुन् । उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको बताइएको छ । मृतक रुम्बाले इन्स्पेक्टर तिवारीबाट गाडी मागेर बाहिर निस्केका थिए, एसपी खड्काले भने, ‘रुम्बाको टाउकोमा चोट देखिन्छ । रगत पनि निस्केको छ । घटना शंकास्पद छ । थप अनुसन्धान भइरहेको छ ।’

 

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस