२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

जीबीसहित १९ जनाविरुद्ध पुरक अभियोग दर्ता, रवि र छविको के हुन्छ ?

काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिए ।

थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसंगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ । थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबि), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् ।

यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ । रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीको हकमा भने आइतबार आउने सक्ने निमित्त श्रेस्तेदार लामिछानेले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस