२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

१७ पौष, काठमाडौँ । नेकपा एमालेबाट निष्कासित पूर्वउपप्रधानमन्त्री भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

बबरमहल रहेको कार्की बैंक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् । परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलनमा जानकारी दिने रावलले बताएका छन् ।

एमालेले पार्टीबाट निकालेपछि उनले आज पहिलो पटक आधिकारिक रूपमा आफ्नो धारणा राख्ने भएका हुन् । रावलले नयाँ पार्टी खोल्ने तयारीका लागि छलफल पनि अगाडि बढाइरहेको रावल निकट नेताहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस