२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकामा ट्रकले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते

10 killed on Bourbon Street in New Orleans after suspect intentionally slams truck into crowd; 30 injured

वासिङ्टन। अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार बुधबार वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो भएको उक्त स्थानमा ट्रकले भीडलाई ठक्कर दिएको हो।

अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस