२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अमेरिकी डलरसहित रियाल, दिराम लगायतको भाव बढ्यो, अन्यको कति ?

exchange american dollar

१९ पौष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ ।

यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस