कतारमा गाजा युद्धविरामको लागि वार्ता जारी रहेको अलजजिराले जानकारी दिएको छ। रोयटर्सका अनुसार, एक सम्झौता नजिक रहेको आशामा वार्ता सुरु भएको हो। यी वार्तामा इजरायलको गुप्तचर संस्थाका प्रमुखहरू, अमेरिकाका आगामी र बहिर्गमन प्रशासनका मध्यपूर्व दूतहरू, र कतारका प्रधानमन्त्री सहभागी भएका छन्। हमाससँग छुट्टै वार्ता गर्ने उद्देश्यले मध्यस्थकर्ताहरूले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्।
इजरायली मिडियाले सम्भावित युद्धविराम सम्झौताको विवरण लिक गरेको छ जुन तीन चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा गाजामा रहेका ३३ जना इजरायली बन्धकहरूलाई मुक्त गरिनेछ। इजरायलले प्रत्येक महिला एकजना सैनिकको लागि पचास प्याटेस्टाइनी कैदी र बाँकी नागरिक बन्धकहरूको लागि तीस कैदीलाई मुक्त गर्नेछ। पहिलो चरणको अन्त्यमा इजरायलले गाजा र इजिप्टको सीमाक्षेत्रको फिलेडेल्फी करिडोरबाट पूर्ण रूपमा सेना फिर्ता लिनेछ। दोस्रो चरणमा १६ दिनको शान्तिपछि गाजामा रहेका अन्य पुरुष र सैनिकहरूको रिहाइका लागि वार्ता केन्द्रित हुनेछ।
तेस्रो चरणमा, दीर्घकालीन व्यवस्थाहरू जस्तै गजामा वैकल्पिक सरकार स्थापना गर्ने र पुनर्निर्माणका योजनाहरूका बारेमा छलफल हुनेछ। सम्भावित सम्झौताको अन्य विवरणहरूमा सुरक्षा उपायहरू, जहाँ अन्तर्राष्ट्रिय निकायबाट जाँच गरिनेछ । इजरायलले उत्तरी गजा स्ट्रिपमा एक मिलियन फ्यालेस्टिनीहरूलाई फर्कन दिने व्यवस्था समावेश छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले छिट्टै आफ्नो साप्ताहिक समाचार सम्मेलनमा यी वार्ताको अपडेट दिने अपेक्षा गरिएको छ। नेपालका विपिन जोशीपनि त्यहाँ बन्धक छन् । उनी जिवित नै रहेको बताइएको छ । वार्ता सफल भए विपिनपनि नेपाल फर्किनेछन् ।

