२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

३ माघ, काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सो बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिनेछ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विश्व जलवायु सम्मेलन कोप २९ को समिक्षा र नेपालको आगामी कार्यदिशा वारेमा छलफल गरिनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस