२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

२ कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

IPO Share

४ माघ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण सेयर आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीलाई सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

माइक्रो लाइफले प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दैछ । यसको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । त्यस्तै, ओम मेघाश्री फर्मास्युटिकल्सले प्रतिकित्ता सय रुपैयाँका दरले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस