२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ह्वात्तै बढ्यो सुन-चाँदीको मूल्य, आज तोलाको कतिमा हुँदैछ किनबेच ?

gold price today nepal

४ माघ, काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुन-चाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन प्रतितोला १ हजार ३ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । आज तोलामा १० रुपैयाँ बढेसँगै चाँदी १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

#सुन-चाँदी

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस