२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

टिकटक बारे अमेरिकी सर्वोच्च अदालतले बोल्यो, कानून आइतबारबाट लागू हुँदै

काठमाडौं । अमेरिकामा यसै सप्ताहन्तबाट लोकप्रिय एप टिकटकमा प्रतिबन्ध लगाउन अदालतले बाटो खोलिदिएको छ। एपका सञ्चालकहरूले प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने भन्दै अदालत गुहारेका थिए। तर, अमेरिकी सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको छ।

बाइडेन प्रशासनले चीनसँग सम्बन्ध भएको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै त्यसलाई बेच्नुपर्ने, अन्यथा प्रतिबन्ध लगाउने कानून पारित गरिसकेको छ। जुन कानून आइतबारबाट लागू हुँदैछ। तर, व्यवहारमा त्यो प्रतिबन्ध कसरी लागू हुन्छ भन्नेबारे कयौँ प्रश्न बाँकी छन्।

अदालतले १७ करोड अमेरिकी प्रयोगकर्ताका लागि टिकटकले अभिव्यक्तिको विशिष्ट मञ्च उपलब्ध गराएको स्वीकार गरेको छ। तर, संसदले राष्ट्रिय सुरक्षामा चासो देखाएकाले यस्तो आदेश दिइएको उल्लेख गरेको छ।

यद्यपि, ट्रम्पले प्रतिबन्ध पछि सार्न सक्ने कतिपयको भनाइ छ। टिकटकका सीईओ सोउ चिउ ट्रम्पको शपथ समारोहमा सहभागी हुने कार्यक्रम छ। यसअघि उनले ट्रम्पसँग भेट गरेका थिए।

 

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस