२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रचण्ड देउवालाई प्रधानमन्त्री बनाउन तयार

काठमाडौ । माओवादी नेता महेन्द्र बहादुर शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माओवादी तयार रहेको बताएका छन्। उनले भने, ूहामीले पहिले नै देउवालाई प्रधानमन्त्री बनाउन चाहेका थियौं।

शाहीले माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास नगर्ने र उनलाई समर्थन नगर्ने स्पष्ट पारे। उनले ओलीलाई विश्वासघाती र आपराधिक मानसिकता भएको भन्दै उनलाई समर्थन गर्न नमिल्ने बताए।

शाहीले माओवादी सरकार ढाल्न चाहन्न तर सत्तामा बसेर जनविरोधी कार्य गरिरहेको हेर्नपनि सक्दैन भने । उनले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाएर देशलाई निकास दिन खोजिरहेको बताए ।

 

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस