२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एमालेको ‘जरा’ अभियान : शीर्ष नेता आज धनकुटा जाँदै

६ माघ , काठमाडौँ । ‘जरा’ केन्द्रित अभियानका लागि आज  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्ने एमाले धनकुटा प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस