२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रुपन्देही जिल्ला अदालतमा पनि रविविरुद्ध मुद्दा दर्ता हुँदै

Rabi Lamichhane's Response After Release 'Justice Is Not Dead in This Country

६ माघ , काठमाडौँ । कास्की र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडे पनि रवि लामिछानेको ठगी सम्बन्धी मुद्धा अन्य अदालतमा दर्ता हुनेक्रम जारी नै छ । आजै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्धा जिल्ला अदालतमा दर्ता गर्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै सरकारी वकिलले रुपन्देही अदालतमा पूरक मुद्धा दर्ता गर्न लागेको हो ।

कार्यालय खुलेपछि आजै लामिछाने र जोशी लगायत १४ जना विरुद्ध पुरक मुद्धा अदालतमा दर्ता गरिने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस