२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुप्रिम ठगी प्रकरण: रवि लामिछानेसहित ४२ जनामाथि मुद्दा दायर

बुटवलस्थित सुप्रिम सहकारीको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

रवि लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ। १८ चैत २०७७ मा स्वीकृत ऋणबाट कटौतीपछि १ करोड ९६ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमार्फत गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको प्रमाण भेटिएको छ।

यसअघि, ३ वैशाखमा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ हिनामिनाको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। हाल थप १४ जनालाई प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस