काठमाडौं । वर्तमान सरकाले समेत यो बर्ष अझै बढाउँदै सरकारी ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ नाँघेको छ । २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ६४ हजार ५७८ जना रहेको छ। सो आधारमा प्रतिव्यक्ति ऋणको भार करिब ८६ हजार ९६० रुपियाँ पर्न जान्छ ।
तपाई आफू कही ऋण लिएको छैन भनेर बस्नुहोला । तपाईको थाप्लोमा ८६ हजार ९६० रुपियाँ ऋण छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो ६ महिनामा मात्र १ खर्ब २ अर्ब सरकारी ऋण थपिएको हो।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

