काठमाडौं । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपति पदको शपथ ग्रहण गरे। ट्रम्प २०१७ पछि दोस्रो पटक संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको शीर्ष पदमा आसिन भएका हुन्। शपथ समारोहमा अमेरिका पूर्व राष्ट्रपति जो बाइडेन, बाराक ओबामा, जर्ज बुसलगायत अन्य नेताहरू पनि देखिए। कार्यक्रममा विभिन्न देशका राष्ट्राध्यक्ष र ठूला नेता सहभागी भए । जसमा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकरले प्रतिनिधित्व गरे।
यी चर्चित व्यक्तिहरूको उपस्थिति
राजनीतिक नेताहरूसँगै हलिउड उद्योग र टेक्नोलोजी जगतका थुप्रै चर्चित व्यक्तिहरू पनि कार्यक्रममा सहभागी भए। गायक क्रिस्टोफर माचियोले ‘ओह अमेरिका’ र अमेरिकाको राष्ट्रगान प्रस्तुत गरे भने गायक क्यारी अन्डरवुडले ‘अमेरिका द ब्यूटिफुल’ गीत गाए ।
यसका अलावा, बक्सर जेक पाउल र उनका दाजु लोगन पाउलपनि उस्थित थिए । मेटाका सीईओ मार्क जकरबर्ग, अमेजनका सीईओ जेफ बेजोस, गुगलका सीईओ सुन्दर पिचाई र टेस्लाका सीईओ एलन मस्क पनि कार्यक्रममा सहभागी भएका थिए। यी सबै सोमबार वाशिंगटन डीसीस्थित क्यापिटल रोटुन्डामा डोनाल्ड ट्रम्पको शपथ समारोहमा उपस्थित भएका थिए।
![]()

