२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आइसिसी यु–१९ महिला टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार

नेपालले मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा लगातार तेस्रो हार सामना गरेको छ। बुधबार, समूह ‘डी’ अन्तर्गतको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो।

नेपालले १४० रनको लक्ष्य पछ्याएको थियो, तर २० ओभरमा ५६ रनमा समेटियो। कप्तान पूजा महतोले १८ रन बनाइन्। अस्ट्रेलियाका हर्सित गिल, जुलट्टी मोर्टन र लिली वासिङफइतेले दुई-दुई विकेट लिए।

नेपाल बङ्गलादेश र स्कटल्यान्डसँग पनि पराजित भएको थियो। अब नेपाल शुक्रवार प्लेअफ खेलमा समूह ‘ए’ को चौथो स्थानको टोलीसँग खेल्नेछ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस