२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

सशस्त्र प्रहरीको ‘एक सिपाही एक घर’ कार्यक्रम, ३० लाखसम्म पाउने

काठमाडौं । सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिँदै ग्लोबल आइएमई बैंकसँग ३० लाखसम्म ऋण सम्झौता गरेको छ। २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सम्झौतामा सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपाने र बैंकका नायव कार्यकारी निर्देशक सुमन पोखरेलले हस्ताक्षर गरे।

यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीका जवान र अधिकृतहरूलाई ५ देखि ३० लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराइनेछ। ३० वर्षसम्मको अवधिमा घर बनाउनका लागि यो ऋण प्रदान गरिनेछ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस