२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रधानमन्त्री अस्वस्थ, सबै कार्यक्रम भर्चुअलबाट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबारका सबै कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने भएका छन्।

प्रधानमन्त्रीबाट पाल्पाको बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाका नवनिर्मित भवन उद्घाटन भर्चुअल माध्यमबाट सम्पन्न गरिसकेका छन्। सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाट गरिनेछ।

सिद्धबाबा सुरुङमार्गको १,१२६ मिटर लामो मुख्य सुरुङको बाँकी १.५ मिटर खन्ने कार्य आज सकिनेछ। बाइपास सुरुङहरू यसअघि नै पूरा भएका थिए।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस