२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

भर्खरै हमासले चार इजरायली महिला बन्धकलाई रिहा गर्यो, यसरी निकाल्यो बाहिर

Hamas Releases Four Israeli Women Hostages

काठमाडौं । हमासले चार इजरायली बन्धकहरूलाई रिहा गरेको छ। रेडक्रसलाई हस्तान्तरण गरिएका चारै जना महिला हुन्। प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि उनीहरूलाई मञ्चमा ल्याइएको थियो।

हमासका अनुसार, यी महिलाहरू इजरायली सैनिक हुन्। तिनीहरूको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ।

इजरायलले हमाससँग भएको सम्झौताको आधारमा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।  अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

नेपालकै रोचक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस