२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई दलाल, बिचौलिया र भ्रष्ट तत्वको संज्ञा दिएका छन्। दाङमा पार्टीको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन र जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले माओवादी, सच्चा देशभक्त र भ्रष्ट तत्वहरूको संघर्षको कुरा गरे।

प्रचण्डले भने, “हामी अहिले हतियार उठाउने कुरा गरेका छैनौं, शान्तिपूर्ण संघर्षमा छौं। यसमा दलाल पूँजीपति, नोकरशाही, बिचौलिया र भ्रष्ट तत्वहरूको विरुद्ध माओवादी र सच्चा देशभक्तहरूको संघर्ष छ।” उनले माओवादी पार्टीलाई जनताका सच्चा प्रतिनिधि भन्दै एकताबद्ध हुने प्रक्रिया सुरु भएको बताए।

उनले माओवादी आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्रलाई परास्त गर्दै नयाँ उमंगसँग अघि बढ्ने संकल्प व्यक्त गरे।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस