२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

गगन थापाको दाबी : अहिलेका प्रधानमन्त्री भन्दा राम्रो काम गरेर देखाउँछु

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन्। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले युवा पुस्ताका प्रधानमन्त्रीहरूले देशलाई अझ राम्रोसँग नेतृत्व गर्न सक्ने बताएका हुन्।

‘आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अझ राम्रो चलाउँछौँ भन्नेमा म पूर्ण विश्वास गर्दछु,’ थापाले भने। उनले राम्रो काम गर्ने आत्मविश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको पनि स्पष्ट पारे। साथै, उनले अबको आवश्यकता नेपाली नागरिकको समुन्नति रहेको उल्लेख गरे।

म अहिलेको वा भर्खरका कुनै पनि प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छौँ भन्ने विश्वास मसँग छ। आजै बेलुका हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अझ राम्रोसँग देश चलाउने दाबी गर्न सक्छु।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस