२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकाको कर्न्स काउन्टीमा भूकम्पको धक्का

earthquake

काठमाडौं । अमेरिकाको कर्न्स काउन्टीस्थित फाल्स सिटी नजिकै ४.५ म्याग्निच्युडको भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको पुष्टी गरेको छ ।

यूएसजीएसका अनुसार, यो भूकम्प राति ९ः३० अघि कर्न्स काउन्टीस्थित सान एन्टोनियोको दक्षिणपूर्वी क्षेत्रमा करिब ४४ माइल टाढा गएको हो। भूकम्पको गहिराइ २.३ माइल रहेको जनाइएको छ।

भूकम्पपछि हालसम्म कुनै क्षति वा घाइते भएका विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस